काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ महानगर समितिले काठमाडौँ जिल्ला व्यापी हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ ।
नेशनल प्याब्सन काठमाडौँको संयोजनमा हाजिरी जवाफ प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता चैत्र १९ गतेदेखि २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगिता मातृभूमि शिक्षा सदन, बालुवाटारमा सञ्चालन हुने संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

कार्यक्रममा ६५ विद्यालयका ७५ टिमको सहभागिता रहने नेशनल प्याव्सन काठमाडौँ महानगर समिति अध्यक्ष भिष्म पाण्डेले बताए । एउटा समूहमा पाँच ओटा टिम राखेर कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ । एउटा समूहबाट दुई ओटा टिम अघिल्लो चरणमा प्रवेश गर्ने भएकाले जम्मा ३० ओटा टिम सेमी फाइनलमा जाने छन् । सेमी फाइनलबाट ५ ओटा टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने अध्यक्ष पाण्डेको भनाई छ ।
प्रतियोगितामा प्रथम हुने टिमले १२ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रोले ९ हजार, तेस्रोले ६ हजार चौथो र पाँचौँ ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कक्षा ९ सम्मका विद्यार्थीहरूको सहभागिता रहने नेशनल प्याब्सन काठमाडौँका महानगर सचिव मिन कुमार कोइरालाले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।