द लेप्रोसी मिशन नेपाल, राष्टिय अपाङ्ग महासंघ र नेपाल उद्योग बाणिज्य महासंगको संयुक्त साझेदारीमा संचालनमा रहेको रोजगार बिहिन अपाङ्गता भएका ब्यक्तीहरुका लागी उर्जाशिल अवसर फाउण्ड (FOUND) परीयोजनाद्धारा राष्टिय महिला आयोगको सभा हलमा परियोजनाको बार्षिक परिमाण र सिकाईहरुका बारेमा जानकारी कार्यक्रमको सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि राष्टिय समावेशी आयोगको कार्यबाहक अध्यक्ष बिष्णुमाया ओझा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता द लेप्रोसी मिशन नेपालका राष्टिय निर्देशक श्री शोभाखर कंडेलले गर्नुभएको थियो । बिशिष्ट अतिथिमा राष्टिय अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्मा, नेपाल उद्योग बाणिज्य महासंगका प्रतिनिधि गुणनिधि तिवारी, ललितपुर तथा काठमाडौं महानगरपालिका महिला तथा सामाजिक शाखाका प्रमुखहरु, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिहरु तथा बिभिन्न स्थानिय उद्योग बाणिज्य संघका प्रतिनिधिहरु, अपाङ्गता भएका ब्यक्तिहरुको संघ संस्थाका प्रतिनिधिहरु, बिभिन्न क्षेत्रका रोजगारदाताहरु पत्रकारहरु तथा अन्य सरोकारवालाहरु गरि करिब ९० जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा फाउण्ड परियोनजनाका परियोजना निर्देशक श्री चिरन्जीबी शर्माले र्कायक्रमको उद्देश्यको बारेका प्रष्ट पार्नु भएको थियो भने फाउण्ड परियोजनाका परियोजना सल्लाहकार समितीका सदस्य तथा नेपाल उद्योग बाणिज्य महासंगका प्रतिनिधि श्री गुणनिधि तिवारी ज्यूले स्वागत मन्तब्य राख्नुभएको थियो । त्यस लगत्तै परियोजना क्षेत्रका ३ वटा क्लस्टर मेनेजरहरुले बार्षिक प्रतिवेदन तथा सिकाई बारे बिस्तृतमा प्रस्तुतिकरण प्रस्तुत गनुभएको थियो ।
खुला छलफलको क्रममा सहभागीको तर्फबाट युवा दृष्टिबिहिन संघका अध्यक्ष लगायत बिभिन्न क्षेत्रका सरोकारवालाहरुले अपाङ्गता भएका ब्यक्तीहरुका लागी यस्ता परियोजना अझै प्रभावकारी ढंगबाट सबै क्षेत्रमा संचालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । साथै कार्यक्रममा ललितपुर महानगरपालिका महिला तथा सामाजिक बिकाश बिभाग प्रमुख महेश्वरी बिष्ट रावल, राष्टिय अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्मा, महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालयको अपाङ्ग प्रबद्र्धन शाखाका प्रबन्धक जमुना मिश्रले कार्यक्रमको सफलताको शुभकामना सहित आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दैै द लेप्रोसी मिशनका राष्टिय निर्देशक श्री शोभाखर कंडेलले सबैले अपाङ्गता भएका ब्यक्तीहरुका आवश्यकता पहिचान गरी योजना बनाएर काम गर्दा सन्तुष्टि मिल्ने र फाउण्ड परीयोजनाले करीब १५०० सय रोजगार बिहिन अपाङ्गता भएका ब्यक्तीहरुलाई औपचारीक रोजगार तथा स्वरोजगारमा सहायता गर्ने लक्ष्य लियको र यसमा सबैको साथ र सहयोगको आशा राखेको बताउदै सबैलाई धन्यबाद सहित कार्यक्रम समापन भएको थियो ।
सोही कार्यक्रमममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले परियोजना डाइरेक्टर चिरञ्जिवि शर्मासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।