बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरुद्धमा सुरु भएको आन्दोलनमा आइतबार थप दुईजनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म बंगलादेशमा उक्त भ्रमणको विषयलाई लिएर भएको आन्दोलनमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
विशेषगरी इस्लामिक कट्टरपन्थी हेफाजत ई इस्लाम समुहले हिन्दू–राष्ट्रवादी भारतीय प्रधानमन्त्रीको भ्रमणको विरोधमा आन्दोलन गरिरहेको छ । मोदी गत शुक्रबार ५०औं स्वतन्त्रता दिवसको अवसरमा बंगलादेश भ्रमणमा गएका थिए ।
उनको भ्रमणपछि बंगलादेशमा आन्दोलन चर्किएको हो । उक्त आन्दोलनको क्रममा बंगलादेशमा शुक्रबार पाँच जनाको मृत्यु भएको थियो भने शनिबार पनि ६ जनाको मृत्यु भएको थियो ।
प्रहरीले भने आन्दोलनकारीले सडक अवरुद्ध गराउँदै प्रहरीमाथि आक्रमण गरेकाले आफ्नो सुरक्षाको लागि गोली चलाउँदा प्रदर्शनकारीहरुको मृत्यु भएको बताएको छ ।
प्रहरीका अनुसार मोदीको भ्रमणको विरोधमा भएको प्रदर्शनमा करिब तीन हजार प्रदर्शनकारी सहभागी थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।