बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

चिनियाँ ‘भेरासेल’ खोप काठमाडौं आइपुग्याे


  • सोमबार, चैत्र १६ २०७७
16.2K
SHARES

फाईल तस्बिर

चिनियाँ अनुदानको आठ लाख डोज कोभिडविरुद्धको खोप आज काठमाडौंमा आइपुगेको छ । चिनियाँ अनुदानको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप काठमाडौं आईपुगेको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

चीनले नेपाललाई दिएको खोप चीनको राजधानी बेइजिङ हुदै काठमाडौं ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चीनबाट आठ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आइतबार चीनको राजधानी बेइजिङ पठाइएको थियो ।

दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई नेपाल ल्याइए पनि प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गरिनेछ ।

यद्यपि नेपालले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ । नेपालले प्राप्त गर्ने उक्त खोप चार लाख जनालाई लगाउन पुग्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा