बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

कोरोना संक्रमित थुनुवा एपिएफ अस्पतालबाट फरार


  • सोमबार, चैत्र १६ २०७७
8.3K
SHARES

फाईल तस्बिर

कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएका थुुनुवा बलम्बुस्थित सशस्त्र प्रहरी बलको एपिएफ अस्पतालबाट भागेका छन् ।

लागुऔषध मुद्दामा महानगरीय प्रहरी वृत्त थानकोटको नियन्त्रणमा रहेका भारतीय नागरिक उपेन्द्र कुशवाह भागेका हुन् । शौचालय जाने बहानामा भेन्टिलेटर तोडेर उनी भागेका हुन् ।

उनको खोजी भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

उपेन्द्रलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले पाँच दिनअघि लागु औषध सहित पक्राउ गरेको थियो । उनको साथबाट फेनारगन २ सय एम्पुल, सोहि परिमाणमा डाईजेपाम र बुप्रेनोर्फिन बरामद गरिएको थियो । उनी कलंकी स्थित मैत्रिनगरमा बस्दै आएका थिए ।

ड्युटीमा लापरवाही गर्ने सशस्त्र प्रहरी र वृत्त थानकोटका प्रहरीलाई पनि कारवाही गर्ने तयारी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा