बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

होलीको दीन, बागलुङ ग्याङ फाइटमा मारिए कांग्रेस कार्यकर्ता


  • सोमबार, चैत्र १६ २०७७
16.2K
SHARES

फाईल तस्बिर

बागलुङमा होलीका अवसरमा लागेको मेलामा झगडा हुँदा मारिएका दुई जना कार्यकर्ता आफूहरूको पार्टीका नेता भएको नेपाली कांग्रेसले बताएको छ।

दुई समूहबीच झडप हुँदा कांग्रेस जिल्ला कार्यसमिति बागलुङका सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक परियारको मृत्यु भएको थियो।

जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले सोमबार विज्ञप्ति निकालेर घटनाका दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन्।

घटनाका घाइते ज्ञानु दमाइलगायतको उपचार व्यवस्था मिलाउन सरकारसँग उनले माग गरेका छन्।

सुनियोजित तरिकाले हमला गरी योजनावद्ध रूपमा हत्या गरिएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा