शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेशनल युनाइटेडको ‘एसईई बधाई तथा शुभकामना’ कार्यक्रम सम्पन्न (भिडियो)


  • बुधबार, चैत्र २७ २०७५
39K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेशचोकमा रहेको नेशनल युनाइटेड स्कूलले एसईई दिएका विद्यार्थीहरुको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।


चैत्र २१ गते विहिबार स्कुलले प्रांगणमा अभिभावक, विद्यार्थी लगायतको उपस्थितिमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।


प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्य भिमसेन खत्रीको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा गणेश माध्यमिक विद्यालयका पूर्व सह–प्रधानअध्यापक ब्रह्मदेव श्रेष्ठ, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेशसभा सदस्य भिमसेन खत्रीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।


नेशनल युनाइटेडका कक्षा ८ र ९ का विद्यार्थीहरुले आयोजना गरेको उक्त ‘एसईई बधाई तथा शुभकामना’ कार्यक्रम स्कुलको ग्राउण्डमा सञ्चालन गरिएको थियो यद्यपी मौसम प्रतिकुलताको कारण पछि स्कुलको हलमा कार्यक्रमलाई सारिएको थियो ।


कार्यक्रममा एसईईमा सहभागी भएका ५२ जना विद्यार्थी एवं अभिभावकलाई विद्यालयको तर्फबाट खादा, ग्रुप फोटो सहितको फ्रेम प्रदान गर्दै बधाई तथा शुभकामना दिइएको थियो ।


यस्तै अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए । जसबाट अभिभावकहरुमा थप रौनकता थपिएको थियो ।


कार्यक्रममा बोल्दै संस्थापक निर्देशक जेबी हमालले एसईई दिएका विद्यार्थीहरुको उत्कृष्ट नतिजाको शुभकाना व्यक्त गरेका थिए । आयोजक कक्षा ८ र ९ का विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्दै सकारात्मक सोचबाट अगाडी बढे सकारात्मक नै परिणाम आउने विश्वास व्यक्त गर्दै सकारात्मक बाटोमा हिड्न अभिभावक तथा विद्यार्थीहरुलाई हमालले आग्रह समेत गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेशसभा सदस्य खत्रीले आफ्नो मन्तव्य राख्दै विद्यार्थीहरुको उज्वल भविष्यको कामना व्यक्त गरेका थिए ।


यस्तै कार्यक्रमका सभापति एवं विद्यालय व्यबस्थापन समितिका अध्यक्ष रेवती प्रसाद दाहालले कार्यक्रमको समापन मन्तब्य राख्दै नेशनल युनाइटेड स्कूल संस्कार एवं समय सापेक्ष शिक्षा प्रदान गर्न सधै तत्पर रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम दिउसो ३ बजेदेखि बेलुका ६ बजेसम्म चलेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले नेशनल युनाइटेड स्कूलका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं त्रि.वि.का सह–प्राध्यापक रेवती प्रसाद दाहालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा