बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

राज्य विरूद्धको संगठित अपराध कसुरमा सिके राउतलाई ३५ दिन भित्र अदालतमा हाजिर हुनु पर्ने


  • सोमबार, चैत्र १६ २०७७
11.9K
SHARES

फाईल तस्बिर

नवलपरासी जिल्ला अदालतले सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको छ।
सिके राउत भन्ने डा. चन्द्रकान्त राउतलाई राज्य विरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन आज सूचना जारी भएको छ।

रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन भनिएको छ। बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन आउनसमेत सूचनामा उल्लेख छ। हाजिर हुन नआएमा कानुनअनुसार हुने भनिएको छ।

राउत जनमत पार्टीका प्रमुख छन्।

सिके राउत नेतृत्वको समूह २०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्दै मुलधारको राजनीतिमा आएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा