बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

पहाडी क्षेत्रमा आज होली मनाईँदै, स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै घरमै बसेर मनाउन सरकारको आग्रह


  • शनिबार, चैत्र १४ २०७७
15.8K
SHARES

फाईल तस्बिर

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व आईतबार आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ कोरोना संक्रमणलाई मध्यनजर गर्दै मनाईदैछ ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व आईतबार आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

सरकारले सर्बजनिक बिदा दिए पनि यो पटकको होलीमा स्वास्थ्य मापदण्ड पुरा गर्दै होली खेल्न आग्रह गरेको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा