बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

सुदुरपश्चिम प्रदेश सरकार फेर्नुपर्छ-मन्त्री भट्ट


  • शुक्रबार, चैत्र १३ २०७७
14.3K
SHARES

फाईल तस्बिर

सुदूरपश्चिम प्रदेश सरकार अब फेर्नु पर्ने बेला भएको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् ।

शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरसँग कुराकानी गर्दै मन्त्री भट्टले सरकार फेरबदलको विषयमा पार्टीभित्र छलफल हुने र छिट्टै निकास निस्कने बताए ।

‘सुदूरपश्चिम प्रदेश सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन। ’ मन्त्री भट्टले भने ‘हामी यहाँको नेतृत्व आएका छौँ, अब छलफल गर्छौँ ।’ वर्तमान सरकारले गति लिन नसकेको समेत मन्त्री भट्टले बताए । उनले आम जनताले पनि यो सरकार फाल्नु पर्ने बिचार राखेको दावी गरे ।

मन्त्री भट्टले कोरोना भाइरसको संक्रमण जोखिम फेरि बढेको भए पनि तत्काल लकडाउन भने नहुने बताए। ‘अहिल्यै लकडाउन हुँदैन’ उनले भने, ‘थप सतर्कता अपनाउने तयारी छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा