जनता समाजवादी पार्टी (जसपा) नेपालले पछिल्लो समय रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाएको छ । संविधान संशोधन लगायतका मुद्दामा जोड दिँदै आएको सो पार्टीले संसदीय अंकगणितका आधारमा आफू सत्ता गठबन्धनका लागि निर्णायक भूमिका निर्वाह गर्ने तहमा पुगेसँगै रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको हो ।
कैलाली–१ बाट निर्वाचित सांसद चौधरी हाल जेलमा छन् । टीकापुर घटनाको मुख्य योजनाकारका रुपमा अदालतले उनलाई आजीवन कारावासको सजाय तोकेको छ । जसपा नेपालकै मागअनुसार रेशम चौधरीलाई रिहा गर्न सरकारसमेत तयार रहेको संकेत देखिएकै बेला रेशम चौधरीका पिता लालवीर चौधरी भने आफ्नो छोरालाई ‘मोहरा’ बनाउन थालिएको गुनासो गर्दछन् ।
रातोपाटी अनलाईन संग कुरा गर्दै रेसम चौधरिका बुबाले केपी ओलीले सत्ता टिकाई राख्न छोरालई मोहोरा बनाएको कुरा बताएका हुन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।