नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संसदीय दलको बैठकमा नजाने संकेत गरेका छन्।
आज हाम्रो केन्द्रीय समितिको बैठक छ’, नेता खनालले सेतोपाटीसँग टेलिफोन कुराकानीमा भने, ‘खै, बालुवाटार जान भ्याइएलाजस्तो छैन।
प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे बालुवाटारमा एमाले संसदीय दलको बैठक डाकेका छन्। माधवकुमार नेपाल पक्षका सांसदहरू आजको बैठकमा सहभागी हुने तयारीमा छन्। उक्त बैठकमा खनाल र नेता माधवकुमार नेपाल सहभागी हुने/नहुने टुङ्गो छैन।
उनीहरूले बालुवाटारमा हुने कुनै पनि बैठकमा सहभागी नहुने बताउँदै आएका छन्।
अध्यक्ष ओलीले नेपालसहित उनको समूहका चार नेतालाई स्पष्टिकरण सोधे पनि खनाललाई स्पष्टिकरण सोधेका थिएनन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।