धनुषामा ट्रक र मोटरसाइकल ठोक्किँदा मुख्यमन्त्री कार्यालयमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।
धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान करिब साढे दुई बजेतिर एउटा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।
डिएसपी मिश्रका अनुसार कापर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रूपमा कार्यरत थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।