कोरोना संक्रमण उच्च भएको भनेर सरकारले ७७ ओटै जिल्लामा उच्च सतर्कता अपनाउन निर्देशन दिईसकेको अस्थामा यसलाई बेपर्बाहा गर्दै प्रदेश नम्बर एकका मुल्यमन्त्री शेरधन राईले होली खेलेका तस्बिर बाहिरिएका छन ।
सरकार र मुख्यमन्त्रीको पदमा आसिन ब्यक्तिहरुनै सामाजिक दुरी कामयम नगरी अर्थात स्थास्थ्य मापदण्डलाई ख्याल नगरी होली खेल्लाने आम सर्बसाधारण जनतामा कस्तो म्यासेज जान्छ, भन्ने कुरा आम सर्बसाधारणले उठााएका छन ।
गृह मन्त्रालयले ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाउन, भीड नगर्न परिपत्र गरेकै दिन बुधबार मुख्यमन्त्री शेरधन राईले भीडभाडमा गएरै होली मनाएका छन्। विराटनगरस्थित उद्योग संगठनले आयोजना गरेको होली मिलन समारोहमा गएर मुख्यमन्त्री राईले होली खेलेका हुन् ।
बुधबार मात्रै प्रदेश १ मा १३ जना नयाँ कोरोना संक्रमित फेला पर्दा १० जना विराटनगरका मात्रै छन्। उच्च जोखिम क्षेत्र मानिने विराटनगरमै सयौंको भीडमा गएर होली मनाउने मुख्यमन्त्रीको शैलीको चिकित्सक र सरकारी अधिकारीहरुले नै आलोचना गरेका छन्। ‘मुख्यमन्त्री आफैं होली खेल्दै हिँडेपछि जनतालाई कुन मुखले होली नखेल भन्ने? भन्दै सर्बसाधारणले आलोचना गरेका छन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।