पोर्चुगल राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक फर्नान्डो सान्तोसलाई यसै प्रश्न प्रेस कन्फेरेन्सका दौरान गरिएको थियो । उक्त प्रश्न गरिदा सान्तोसले केहि असहज महसुस गर्दै हाउभाउ मै पहिलो प्रतिक्रिया दिएका थिए उक्त प्रश्नमा खण्डन गर्दै टिममा रहेको उत्कृष्ट खेलाडी विना टिमले सानदार पदर्शन गर्न नसक्ने बताए ।
नेसनल हिरो ३६ बर्षे रोनाल्डोले विश्वकप २०१८ मा अन्तिम १६ बाट पोर्चुगल बाहिरएसंगै अन्तर्राष्ट्रिय फुटबलमा लामो छुट्टि लिएका थिए र साथै रियल मड्रिडबाट युभेन्ट्स प्रवेश गर्ने क्रममा जोडिदा उनको छुट्टि लम्बिएको थियो । पोर्चुगल रोनाल्डो विना नै खेल्दै इटाली र पोल्याण्ड रहेको ग्रुपबाट राम्रै पदर्शन गर्दै थियो, तर रोनाल्डोले मार्च २०१९ मा पोर्चुगलको राष्ट्रिय टिममा फर्किदै आफ्नो शक्ति पदर्शन गर्न सुरु गरे ।
फर्केर हेर्दा रोनाल्डो विना नै पोर्चुगलले विश्वकप फाइनल प्रवेशी क्रोसियालाई नेसन्स लिग अन्तर्गत ४-१ को फाराकिलो जित निकालेको थियो, यसै सन्दर्भलाई मसला बनाउदै विभिन्न फुटबल आधारित विज्ञहरुले समेत रोनाल्डो विना कै पोर्चुगलको वर्चस्व उच्चस्तरीय रहेको दावी गर्दै छन् ।
अर्को स्मरण हो यूरो २०१६ जहाँ रोनाल्डो विना नै पोर्चुगलले फाइनल खेल खेल्यो र अन्तर्राष्ट्रिय ट्रफी उचाल्यो । विविसीका लेखक भन्छन सान्तोसले अब रोनाल्डो विना कै सानदार टोली गठन गर्न सक्ने र रोनाल्डोलाई टोलीका निम्ति एक प्रेरणा स्वरूप राखिनु पर्नेमा जोड दिएका छन् ।
रोनाल्डो हुदा टिममा निकै दबाब पर्ने साथै उनि माथि नै भर पर्नु पर्ने अवस्थाबाट गुज्रिनु पर्ने हुदा रोनाल्डो विना नै पोर्चुगल एक सानदार टिम रहेको विविसीले जनाएको छ ।पोर्चुगलमा रोनाल्डो बाहेक रहेको खेलाडीमा जोआओ फेलिक्स, बर्नाड़ो सिल्भा, रुबेन डियास, ब्रुनो फर्नान्डेस, जोटा इत्यादि खेलाडीको समाबेश रहेको छ ।
विभिन्न फुटबल विज्ञहरुको टिप्पणी हेर्दा रोनाल्डो सहित पोर्चुगलले रामो खेल्ने तर रोनाल्डो विना पोर्चुगल उत्कृष्ट रहेको टिप्पणी बढी गरेका छन् तर ३६ बर्षे रोनाल्डोले क्लब स्तरबाट भन्दा अन्तर्राष्ट्रिय टिम पोर्चुगलका निम्ति महत्वपूर्ण भूमिका निभाउदै आएका छन्, आउदो विश्वकप २०२२ पकै रोनाल्डोका निम्ति अन्तिम विश्वकप बन्ने पक्का भएको छ । हालसम्म र यस अघिका खेलका निम्ति समेत रोनाल्डोको विकल्प पक्कै दोश्रो कोहि बन्न सक्ने छैनन् ।