बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

खोपको निर्यात रोक्ने भारतको निर्णय, नेपालमा धेरैले दोस्रो डोज नपाउने चिन्ता


  • बिहिबार, चैत्र १२ २०७७
8.9K
SHARES

प्रतिकात्मक तस्बिर

भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाभाइरसविरुद्धको खोप निर्यातमा अस्थायीरुपमा रोक लगाएको स्वास्थ्य मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ । देशमा बढ्दो कोरोनासंक्रमणलाई मध्यनजर गर्दै यो निर्णय लिइएको समाचारमा उल्लेख गरिएको छ ।

पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।

बीबीसीका अनुसार अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ । र, यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुनसक्नेछ ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड-आस्ट्राजेनेकाकै खोप परेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा