बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

आज – चैत्र १२, २०७७ बिहिवार को राशिफल


  • बिहिबार, चैत्र १२ २०७७
11.1K
SHARES

फाईल तस्बिर

आज – चैत्र १२, २०७७ बिहिवार को राशिफल

मेष
आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आकस्मिक धन लाभ हुनसक्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

बृष
अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजन पनि पाईनेछ ।

मिथुन
दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । मणीय र सुखद् यात्राको योग पनि छ ।

कर्कट
नयाँ कार्यको थालनी हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

सिंह
कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न नसकिएला । खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

कन्या
शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ

तुला
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

बृश्चिक
धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।

धनु
आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु उचित होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ ।

कुम्भ
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्त संग रमणीय र सुखद् यात्राको योग छ । तिर्थाटनको योग पनि रहेको छ ।

मकर
शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मीन
आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । शेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा