बार्सिलोनामा आउने चर्चा चलिरहँदा म्यानचेस्टर सिटीका डिफेन्डर एरिक गार्सियाले क्याटालान क्लबका कप्तान लियोनल मेस्सीसँग खेल्न पाउनु अत्यन्त खास हुने भन्दै अर्जेन्टिनीको तारिफ गरेका छन्।
सिजनको अन्त्यमा सिटीसँगको सम्झौता सकिने गार्सियाले नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने क्लबका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले बताइसकेका छन् र उनी बार्सिलोनासँग अनुबन्ध हुने पनि लगभग पक्का जस्तै देखिन्छ।
गोलको एक रिपोर्टका अनुसार गार्सिया बार्सिलोनासँग अनुबन्ध हुनको लागि क्लबसँग सहामति जनाइसकेका छन्।२०२२ विश्वकप छनौटका लागि स्पेनको पहिले खेल अघिको पत्रकार सम्मेलनमा गार्सियाले भने,सबैलाई थाहा छ कि मेस्सी विश्वकै सर्वश्रेष्ठ खेलाडी हुन्, उनीसँग खेल्न पाउनु सबैको लागि विशेष हुन्छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।