शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

त्रिदेशीय कपका लागि नेपाली टोलीको घोषणा


  • बुधबार, चैत्र ११ २०७७
18.5K
SHARES

फाइल तस्बिर

११ चैत, काठमाडौं । दशरथ रंगशालामा सुरु भएको थ्री नेसन्स कप त्रिदेशीय कप फुटबलका लागि नेपाली टिमको घोषणा भएको छ ।नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेका हुन्।
यस्तै यसअघि कप्तान रहिसकेका डिफेण्डर विराज महर्जन भने टिममा परेका छन् । उनले पछिल्लो पटक २०१९ जुन २ मा मलेसियासंग मैत्रिपूर्ण खेल खेलेका थिए । विराजले त्रिदेशीय कपपछि सन्यास लिने घोषणा गरिसकेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फा ले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू २३ टिम सहभागी छन् । घरेलु टोली नेपालले बिहीबार कीर्गिस्तानसँग दशरथ रंगशालामा पहिलो खेल खेल्नेछ ।

नेपाली टिम

गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की

डिफेन्डर – रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर – त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रबिशंकर पासवान

फरवार्ड – अञ्जन विष्ट, दर्शन गुरुङ, अविषेक रिजाल, भरत खवास


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा