शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बेल रियल मड्रिड फर्किने


  • बुधबार, चैत्र ११ २०७७
15K
SHARES

फाइल तस्बिर

काठमाडौं । अघिल्लो वर्ष मात्र रियल मड्रिडबाट लोनमा इङ्गलिस क्लब टोटनह्याम गएका ग्यारेथ बेलले स्पेन फर्किने योजना बनाएका छन् । वेल्सका फरवार्ड बेलले लोन
सकिएपछि इङ्ग्ल्याण्डबाट रियल फर्किने आफ्नो योजना रहेको सुनाएका हुन् ।

रियलबाट एक सिजनका लागि लोनमा प्रिमियर लिग क्लब गएका बेल यसै जुनको अन्त्यसम्ममा रियल फर्किने छन् । ३१ वर्षीय बेलको २०२२ सम्म रियलसँग सम्झौता थियो । त्यसबीचमा टोटनह्याम गएका उनले कुल २५ खेल खेलेका छन् । जसमा उनले दस गोल र तीन असिस्ट गरेका छन् ।

तथापि, उनी जोसे मौरिन्हो नेतृत्वको टोटनह्याममा लाइनअपमा परिरहेको अवस्था छैन ।

बेलले रियलका लागि दुई सय ५१ खेल खेलेका छन् । जसमा उनले एक सय पाँच गोल र ६८ असिस्ट गरेका छन् । तर मुख्य प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्धका कारण उनले मैदानमा कम र बेन्चमा बढी समय गुर्जाछन् । जिदानले २०१९–२० सिजनमा मात्र २० खेलमा बेललाई सहभागी गराएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा