शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सुनसरी पुगेर देउवाले भने : गच्छदारमाथि अन्याय भयो


  • मंगलबार, चैत्र १० २०७७
10K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ललिता निवास जग्गा प्रकरणमा मुद्धा खेपिरहेको पूर्वमन्त्री विजयकुमार गच्छदारमाथि अन्याय भएको बताएका छन् ।

मंगलबार सुनसरीको धरान पुगेका देउवाले कांग्रेस उपसभापतिसमेत रहेका गच्छदारको पक्षमा सार्वजनिक मञ्चबाट बोलेका हुन् । सुनसरी गच्छदारको गृह जिल्ला हो ।
५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलनको दिवसको अवसरमा आयोजित प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा देउवाले भने,विजय गच्छदारजी हाम्रो पार्टीको ठूलो नेता हो, उहाँमाथि अन्याय भएको छ ।’

‘हामी सबै उहाँको पक्षमा छौं, मलाई विश्वास छ । उहाँले न्याय पाउनुहुनेछ’ उनले अघि भने ।

सभापति देउवाले कर्मचारी र प्रहरीले कांग्रेसका कार्यकर्तालाई दुख दिइरहेको समेत आरोप लगाए । ‘उनीहरु जनताले तिरेको करबाट तलब खान्छन्,’ देउवाले भने, ‘कुनै पार्टीले दिएको तलब खाएको होइन, जनताले तिरेको करबाट तलब खाने अनि पार्टीको काम गर्ने रु हामी कुनै हालतमा सहँदैनौं ।’

देउवाले कांग्रेस सरकारमा जाने हतारोमा नरहेको बताए । आफूहरुले चाहेर मात्र केही नहुने भन्दै उनले कांग्रेस विपक्षी पार्टी भएकाले जनताको घरमा जाने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा