नेपाली काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा चित्रण गर्ने कम्युनिष्टहरुले जनतामा वितृष्णा फैलाउएको आरोप लगाएका छन ।
स्कुल अफ डेमोक्रेसी एसओडी विराटनगरले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालका कम्युनिष्टहरु संसदीय व्यवस्था नै असफल पार्ने षड्यन्त्र लागेको आरोप समेत लगाएका छन । कार्यक्रममा नेता महरले सभामुखले आफ्नो ड्युटी पूरा नगर्ने र सरकारले पनि संसदलाई बिजनेस नदिएर कम्युनिष्टहरुले संसदलाई बन्धक बनाएको बताए ।
संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा चित्रण गर्ने कम्युनिष्टहरुले जनतामा वितृष्णा फैलाउन खोजेका छन्,” नेता महरले भने, “जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त यो व्यवस्था र प्रजातन्त्रमाथि नै गम्भीर प्रश्न चिह्न खडा गर्न खोजेका छन् कम्युनिष्ट नामधारीहरुले । ”
स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष समेत रहेका नेता महरले संसदको औचित्य र प्रभावकारिता बढाउन अब नेपाली काँग्रेसले गम्भीर ढंगले सोच्नुपर्ने बेला आएको बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।