शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गाउँभर जुत्ता लाउन नपाइने, अनौठो नियम !


  • मंगलबार, चैत्र १० २०७७
8.1K
SHARES

फाईल तस्बिर

भारतको एक गाउँमा भने जूत्ताचप्पल नलगाउँने परम्परा छ । यदि कसैले भुलवश लगाएको पाएमा उनीहरु सजायको भागिदार हुन्छन् ।

भारतको तमिलनाडुको मदुराईबाट करीब २० किलोमिटरको दूरीमा रहेको एक गाँउमा जुत्ताचप्पल नलगाउने परम्परा छ । कलिमायन नामक यस गाँउमा सयौं र्षदेखि जुत्ताचप्पल लगाउन नपाउने नियम छ । यहाँ जुत्ताचप्पल लगाएको देखेमा स्थानीय रिसाउने र सजाय दिने गर्दछन् । कतिसम्म भने अभिभावक नै साना बालबालिकालाई समेत जूत्ताचप्पल लगाउन मनाही गर्दछन् ।

जुत्ताचप्पल नलगाउने परम्पराको पछाडि अनौठो कारण छ । खासमा त्यस गाउँमा अपाच्छी नामक देवताको सदियौंदेखि पूजा हुदैं आएको छ । उनीहरु अपाच्छी देवताले नै उनीहरुको रक्षा गर्ने मान्यता राख्दछन् । उनै देवताप्रति अपार आस्था देखाउन यस गाउँ भित्र जुत्ताचप्पल नलगाउने रित बसेको हो । अब यसमा अझै रोचक त के छ भने यदि उनीहरु बाहिर जानु परे हातमा चप्पल बोकेर आउँछन् र गाउँबाट बाहिर पुगेपछि मात्र पहिरिन्छन् । त्यस्तै गाउँ भित्रनु अघि फेरी जुत्ताचप्पल खोलेर खालीखुट्टा जान्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा