नेकपा माओवादी केन्द्रलाई कानुन व्यवसायीले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला पुनरावलोकनमा जान सुझाएका छन्।
सिंहदरबारमा मंगलबार बसेको माओवादी केन्द्रका स्थायी कमिटि सदस्य र कानुन व्यवसायीको छलफलमा नेकपा नाम विवादबारे सर्वोच्चले गरेको फैसला पुनरावलोकनमा जाने विषयमा छलफल भएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए।
गुरूङका अनुसार कानुन व्यवसायीले दिएको सुझाव माओवादी केन्द्रले सकारात्मक रूपमा लिएको छ।
नेकपा नाम विवादमा सर्वोच्चले गरेको फैसला पुनरावलोकनमा जाने विषयमा आफूहरु सकारात्मक छौ’, गुरूङले भने,‘आज कानुन व्यवसायीले पुनरावलोकनमा जान सुझाएका छन्।’
माओवादी केन्द्रले आज सिंहदरबारमा कानुन व्यवसायीसँग छलफल गरेको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।