बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

माधव नेपालसहित चार नेतालाई थमायो एमालेले स्पष्टीकरण पत्र


  • सोमबार, चैत्र ९ २०७७
14.6K
SHARES

फाईल-तस्बिर

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण पत्र थमाइएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार चारै जना नेताहरुलाई स्पष्टीकरण सोधिएको पत्र थमाइएको हो ।

बैठकको निर्णयअनुसार चारै जना नेताहरुका स्वकीय सचिवमार्फत पत्र दिइएको छ’, रिजालले रातोपाटीलाई बताए । शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यसैबीच नेता भीम रावलले भने आफू समक्ष स्पष्टीकरण पत्र आइनपुगेको बताए । ‘खै कसलाई थमाए मलाई त थाहा भएन, मकहाँ आइपुगेको छैन’, रावलको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा