बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

राजनीति गर्ने मान्छे असल भए मुलुक बन्छ, राजनीति गर्नेले गाउँ बस्ति र झुपडिको मर्म बुझ्नु पर्छ: अध्यक्ष अरुण गाउपालीका


  • सोमबार, चैत्र ९ २०७७
16.7K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका नेता तथा भोजपुर जिल्ला स्थित अरुण गाउपालीकाका अध्यक्ष गजेन्द्र बहादुर कार्किले राजनीति गर्ने मान्छे असल भए मुलुक बन्छ, राजनीति गर्नेले गाउ बस्ति र झुपडिको मर्म बुझ्नु पर्ने बताएका छन ।

हिमालयन होटलको सभाहलमा उत्थानशिल बिकाश उन्मुख स्थानीय सरकार, उत्थाशिल पुर्बाधार निमार्ण सम्बन्धि तिन दिने कार्यशाला गोष्ठीको समापन सत्रमा गाऊँ पालीका अध्यक्ष हरुको तर्फबाट बोल्दै कार्किले बिज्ञ र ज्ञनिहरुले संसार चलाउने हो र हामी राजनीति गर्ने मान्छेलाई उचित सल्लाहा दिने पनि बिज्ञहरुनै भएको बताएका छन ।

एक प्रसंगमा कार्कि भन्छन नेताले गाउको मर्म बुझ्नु पर्छ ।

यो मुलुक साना ठुला सबै पार्टीको हो र यो मुलुक बनाउने जिम्मा सबैको हो भन्दै नेपालको संबिधान बनाउने ताका कांग्रेसको नेत्रीत्वको योग्य सरकार भएकै कारण मुलुकले संबिधान पाएर निकास पाएको स्मरण गरेका थिए ।

बिज्ञहरुले मुलुक बनाउने र उचित सल्लाहा दिदै राजनीतिज्ञलाई सहि बाटोमा हिडाउने काम गर्नु पर्छ । गलत लाई गलत र सहि लाई सहि हो भन्न सक्नु पर्छ । सबैभन्दा पहिला गाउको बिकास गर्ने तर्फ सबै लाग्नु पर्ने बताउदै । ठुलामान्छेहरुले गाउको बिकास तर्फ लाग्नुपर्ने यो कम्युनिष्ट, यो कांग्रेस हु भनेर घमण्ड गर्नु भन्दा पहिले जनताको मर्म के छ भन्ने बुझेर जनहितमा काम गर्न तर्फ लाग्नु पर्ने बताएका छन ।

कांग्रेस राजनीतिको धेरै बर्षमा मैले बुझेको एउटै कुरो हो गउलेको मर्म अनुसर काम गरे गाउ बन्छ,जिल्ला बन्छ र गाउको बस्ति बने मुलुक बन्ने र कर्मचारीहरु आफ्नु निष्ठालाई नछोडि काम गर्नु पर्ने बताएका छन ।

आफ्नो गाउपालीकामा बिकास निर्माण कार्यमा आफुहरुले दिन रात नभनि खटेको बताउदै , आगामि दिनमा गाउ र झुपडिलाई गास,बास,कपास र बिकासको मुल फुटउने तर्फ जिवन रहे सम्म लागिरहने उद्घोस गरेका छन । गजेन्द्र कार्कि भोजपुर जिल्लाका पुराना खारिएका कांग्रेस नेता हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा