बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टले यसअघिको बयान आफन्तहरु संग फेरेको समाचार बाहिरिएका छन ।
आफन्तसँगको सम्पर्कमा किशोर दिनेशले आफूले दिदी समानकी भागरथीलाई बलात्कार गर्न नसक्ने र हत्या पनि नगरेको भन्दै आफन्तहरु समक्ष बयान फेरेका हुन । भागरथी हत्या प्रकरणमा अर्कै व्यक्ति संलग्न रहेको कतिपय स्थानीयको दाबी रहेको छ । उनीहरुले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराउने भएका छन् ।
दिनेशले घटनामा आफ्नो संलग्नता नभएको र डरधम्कीले बयान दिन लगाएको बताएका छन् । घटनामा दोहडा केदार गाउँपालिकाको प्राविधिक कर्मचारीको संलग्नताको विषय उठेपछि भागरथी हत्या प्रकरणको अनुसन्धानबारे प्रश्नहरु तेर्साइएको छ ।
तर, घटनामा संलग्न भएका अभियुक्त दिनेशबारे पत्ता लगाउने पाँच प्रहरी पुरस्कृत भइसकेका छन् । केहीको बढुवा समेत भएको छ । यसअघि दिनेशले प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।