शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

के मेस्सीको स्थानमा बार्सिलोनाले युभेन्ट्सका यी स्टारलाई ल्याउदै छ ?


  • शुक्रबार, चैत्र ६ २०७७
13.1K
SHARES

फाईल तस्बिर

युभेन्ट्सका स्टार दुवै राष्ट्रिय टिम साथै यूरोपियन लिग दुवैमा ओझेल परे, किनकि क्लबमा क्रिस्टियानो रोनाल्डोको आगमन भयो भने अर्जेन्टिनामा लिओनेल मेस्सीको वर्चस्व रहिरह्यो । दुवै विश्व प्रसिद्ध खेलाडी रहदै आएकोमा हाल दुवै स्टार फुटबल जीवनको उतरार्धमा छन्, यता पौलो डिबाला जो दुवै रोनाल्डो साथै लिओनेल मेस्सीसंग मैदान साटासाट गरेका छन् उनका निम्ति भने चम्किने मौका देखिएको छ ।

हालै एक इटालियन रिपोर्टका अनुसार बार्सिलोना आफ्ना फरवार्ड एन्टोअन ग्रिजम्यानलाई युभेन्ट्स पठाउने र डिबाला ल्याउने विषयमा इच्छुक रहेको बताएको छ । हुन त बार्सिलोनाका निम्ति उक्त सम्झौता सुलभ हुने देखिएता पनि डिबाला र युभेन्ट्स विचको सम्झौता २०२२ मै सकिने भएको हुदा उनको मार्केट मूल्य घट्दो छ । बार्सिलोनाले आफ्नो ठुलो मूल्य खरिद खेलाडी सस्तैमा पठाउन केहि हिच्किचाएको छ ।

बार्सिलोनामा मेस्सीलाई स्थापित गर्न बार्सिलोना पूर्ण रुपमा नै आशावादी देखिएको छैन साथै मेस्सीको बहिर्गमनमा उनको विकल्पमा कुनै खेलाडी ल्याउनु बार्सिलोनाको प्रमुख नीति भित्र पर्दछ ।

ग्रिजम्यान युभेन्ट्सका निम्ति कष्टकर सम्झौता हुन सक्छ, उनको उमेर त् छदै छ उनको पारिश्रमिक समेत युभेन्ट्सका निम्ति कठिन हुने हुदा क्लब कै शिर्ष खेलाडी क्रिस्टियानो रोनाल्डो माथि नै युभेन्ट्सले केहि सम्झौता हेरफेर गर्नु पर्ने हुन्छ । रोनाल्डोको ठुलो पारिश्रमिक झेल्न कठिन युभेन्ट्सका निम्ति पुन ग्रिजम्यानको पारिश्रमिक झेल्न सक्ने अवस्थामा युभेन्ट्स पक्कै देखिदैन । रोनाल्डो बेच्ने दाउ गरिरहेको युभेन्ट्सका निम्ति ग्रिजम्यान र डिबाला साटासाट गर्ने विषय तब सबल बन्न सक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा