बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

चेक बाउन्स मुद्दामा प्रकाश दुगड पक्राउ


  • शुक्रबार, चैत्र ६ २०७७
10.5K
SHARES

फाईल तस्बिर

चेक बाउन्स मुद्दामा प्रकाश दुगड पक्राउ परेका छन्।
शुक्रबार बिहान उनलाई काठमाडौंको ताहाचलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए।

उनीविरूद्ध बैंकिङ कसूरको चेक बाउन्स मुद्दामा गत माघमा महानगरीय प्रहरी वृत्त, मालीगाउँमा जाहेरी परेको थियो।

दालतले पनि उनीविरूद्ध पक्राउ पुर्जी जारी गरिसकेको थियो। पाँच लाख ६७ हजार रुपैयाँको चेक बाउन्स भएपछि उनीविरूद्ध जाहेरी परेको हो।

महानगरीय प्रहरी वृत्त, कालीमाटीले उनलाई पक्राउ गरी शुक्रबार मालीगाउँमा बुझाएको हो। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले म्याद थप गर्दैछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा