शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कांग्रेस नेता जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने सरकारको निर्णय


  • शुक्रबार, चैत्र ६ २०७७
7.5K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने सरकारले निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्न थापाथली पुगेका उपप्रधानमन्त्री पोखरेलले सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको परिवारजनलाई जानकारी गराएका छन् ।

जोशीलाई भेन्टिलेटरमा राखिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा