बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

नेपाल-खनाल पक्षका सांसदको छुट्टै बैठक


  • बिहिबार, चैत्र ५ २०७७
8.4K
SHARES

फाईल-तस्बिर

नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आफूनिकटका सांसदहरूको भेला राखेका छन्।
ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा आज बिहान १० बजे आफूनिकट सांसदहरूलाई उपस्थित हुन उक्त समूहले भनेको थियो।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। बालुवाटारमा ११ बजे बैठक बस्दैछ।
उक्त बैठकमा सहभागी नहुने बताएका झलनाथ-माधव पक्षका सांसदहरूले बेग्लै बैठक गर्न लागेका हुन्। उक्त समूहका एक जना सांसदले भेला राखिएको सेतोपाटीलाई बताए।

बुधबारदेखि झलनाथ-माधव पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ। आज पनि भेला छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा