निर्वाचन आयोगले आज चैत ५ गतेबाट ७७ वटै जिल्लामा मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गर्ने भएको छ । आयोगले विज्ञप्ति जारी गर्दै गत पुष ६ गतेदेखि स्थगित गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सम्बन्धी कार्य २०७७ चैत्र ५ गतेबाट पुन सञ्चालन गर्ने जनाएको हो ।
निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मिति सम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक कार्यक्रमबाट कायम रहेका १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदातालाई १० हजार ६ सय ६० मतदान स्थलमा आवद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।