शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश


  • बिहिबार, चैत्र ५ २०७७
14.9K
SHARES

एजेन्सी । स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान स्टामफर्ड ब्रिजमा गएराति भएको खेलमा स्पेनी टोलीलाई २–० ले पराजित गर्दै चेल्सीले समग्रमा ३–० को जित दर्ता फरेको हो ।

चेल्सीले पहिलो लेगमा १–० को जित हात पारेपछि दोस्रो लेगमा जित हासिल गर्दा हाकिम जिएच र एमर्सन पाल्मेरीले १–१ गोल गरे ।

खेलको ३४ औं मिनेटमा टिमो वेर्नरको पासमा जिएचले गोल गरेका थिए । चेल्सीमा प्रशिक्षक थोमस टुचेलको आगमनसँगै टोली लयमा फर्किएको छ ।

टुचेलले खेलाएको १३ खेलमध्य अपराजित रहेको टोलीले ११ खेलमा कुनै गोल खाएको छैन ।

यता ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको भने च्याम्पियन्स लिगबाट बाहिरिएपछि अब रियल म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै लिग उपाधि जित्ने ध्यानमा रहनेछ ।

पछिल्लो दशक दुई पटक फाइनल पुगेको टोली यसपटक क्वाटरफाइनलमा पनि पुग्न सकेन ।

यस्तै गएराति नै भएको अर्को खेलमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटलीको क्लब लाजियोलाई २–१ गोलले पराजित गरेको छ ।

पहिलो लेग ४–१ ले जितेको बार्यन जितसँगै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ । यसअघि रियल मड्रिड र म्यानचेस्टर सिटी पनि क्वार्टरफाइनलमा पुगिसकेको छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा