शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एक करोड ८५ लाख जरिवाना भएका व्यक्ति धुम्बाराहीबाट पक्राउ


  • बिहिबार, चैत्र ५ २०७७
13K
SHARES

फाईल तस्बिर

नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मङ्गलबार पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनको विसं २०७७ माघ ५ को फैसलापछि एक महीना कैद र बिगोबमोजिम रु एक करोड ८५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका ढुङ्गानालाई मङ्गलबार धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका ढुङ्गानाले आफ्नो प्रभु बैंक लिमिटेड सुकेधाराको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए।

उच्च अदालतले ढुङ्गानालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा