बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

जसपाको नेतृत्वमा सरकार बनाउनु हुँदैन : नेता कर्ण


  • बुधबार, चैत्र ४ २०७७
13.6K
SHARES

फाईल तस्बिर

जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न नहुने बताएका छन् ।

सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता कर्णले अरुको आड लिएर जसपाले सरकार बनाउनुपर्ने अवस्था भएकाले त्यस्तो सरकार पार्टीको हितमा नहुने बताए । जसपा नेतृत्वमा सरकार गठन भए त्यो अरुको हत्केलामा हुने र मनलाग्दा जतिबेला पनि पल्टाइदिन सक्ने उनको भनाइ छ ।

जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुनसुकै बेला पल्टाइदिन्छन्,’ उनले भने, ‘त्यसैले सरकारलाई समर्थन गर्नु अलग हो । तर सरकाकै नेतृत्व गर्नु अहिले हुँदैन ।’

नेता कर्णले आफूहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताए । संविधान संशोधन, नागरिकता लगायत जसपाले उठाउँदै आएका मुद्दालाई संवैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको उनले जिकिर गरे ।

राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला आफूहरुका मागमा ओली सकारात्मक देखिएको कर्णले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा