बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिष्ट नेताहरु


  • बुधबार, चैत्र ४ २०७७
11.6K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको  नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिष्ट नेताहरु समेत उपस्थित भएका छन् ।

ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला पनि मञ्‍चमा उपस्थित भएका हुन् ।  कार्यक्रम सञ्‍चालक सुरेन्द्र पाण्डेले  उनीहरुलाई अतिथिको आसन ग्रहण गराएका छन्।

यस्तै भेलाका लागि विभिन्‍न जिल्लाबाट नेता तगथा कार्यकर्ताहरु उपस्थित भएका छन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले २८ फागुनमा एक्लौटी निर्णयमार्फत  विधान संशोधन गर्नुका साथै आफू इतरका समूहका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले भेला बोलाएको हो।

अध्यक्ष ओलीले भने  गूटगत भेला गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा