शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मुलपानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • बुधबार, चैत्र ४ २०७७
11K
SHARES

फाईल तस्बिर

कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानीमा मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेल रहेका छन ।

मिनी ट्रकको ठक्कर दिएपछि गम्भीर घाइते भएका कुईंकेलको नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचारको क्रममा मंगलबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुलपानि भक्तपुर सडकखण्डमा बा५ख १८२ नम्बरको मिनी ट्रकले प्रदेश ३-०२-०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रकसहित चालकलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा