युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज अन्तिम १६ को दोस्रो लेगका दुई खेल हुँदैछन् । नेपाली समयानुसार राति १ः४५ बजे हुने दुवै खेलमा चारै टोली एक–अर्कामाथि जित निकाल्दै क्वार्टरफाइनल पुग्ने योजनामा हुनेछन् ।
आज स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब अटलान्टासँग खेल्दैछ । यसअघि पहिलो लेगमा रियलले अटलान्टामाथि उसैको मैदानमा १–० गोलको जित निकालेको थियो ।
यस्तै आजको अर्को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब मोन्चेनग्लाडबाचले खेल्दैछन् । हङ्गेरीस्थित पुस्कार एरिनामा हुने यस खेलमा सिटी टोली बलियो अवस्थामा छ । यसअघि पहिलो लेगमा सिटीले मोन्चेनग्लाडबाचमाथि २–० गोलको जित निकालेको थियो ।
च्याम्पियन्स लिगमा चार टोलीले क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् । पोर्चुगलको क्लब पोर्टोले युभेन्टसलाई हराउँदै अन्तिम आठमा स्थान पक्का गर्दा जर्मन क्लब बोरुसिया डर्टमुण्डले सेभिल्लालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ ।
यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले बार्सिलोनालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो भने इङ्ग्लिस क्लब लिभरपुलले लेइपिजलाई हराएर अन्तिम आठमा स्थान पक्का गरेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।