बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

१३ करोड हिनामिनाका अभियुक्त २ लाख धरौटीमा रिहा


  • मंगलबार, चैत्र ३ २०७७
12.5K
SHARES

फाईल तस्बिर

१३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाका अभियुक्तलाई विशेष अदालतले दुई लाख रुपैयाँभन्दा कम धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार मनोजकुमार भेटवाललाई जम्मा एक लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

रकम हिनामिना प्रकरणमा पक्राउ परेका भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौटीमा छुटेका छन् ।

४० करोड भन्दा बढी सम्पत्ति हिनामिना भएकोमा भेटवालसँग १३ करोड २६ लाख विगो माग दाबी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई १० वर्ष कैद सजायको समेत माग दाबी गरेर फागुन अन्तिम साता विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक भेटवालले ४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँको अवैध कारोबार गरेको राजस्व अनुसन्धान विभागको निष्कर्ष थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा