शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

यस वर्ष हुने कोपा अमेरिका फुटबलबारे आयोजकद्वारा नयाँ निर्णय


  • मंगलबार, चैत्र ३ २०७७
18.3K
SHARES

फाइल तस्बिर

अमेरिकी महादेशमा यस वर्ष २०२१ मा हुने कोपा अमेरिका फुटबलमा सहभागी हुने टोलीहरूको संख्याबारे आयोजकले नयाँ निर्णय गरेको छ । आयोजक दशिक्षण अमरिकी फुटबल महासंघ कोन्मेबोलले सोमबार औपचारिक निर्णय गर्दै यसपटक प्रतियोगितामा १० टिमलाई मात्रैसहभागी गराउने निर्णय गरेको छ । यसअघि यस प्रतियोगितामा १२ टोलीलाई खेलाउने तयारी थियो ।

विगतमा पनि कोपामा विभिन्न १२ टिमले सहभागिता जनाउँदै आएका थिए । दक्षिण अमेरिकी महादेशमा जम्मा १० देश मात्रै छन् । तर, आयोजकले अर्को महादेशबाट हरेकपटक २ टिमलाई पाहुना टोलीका रूपमा आमन्त्ररण गरेर कूल १२ टिमलाई उपाधिका लागि प्रतिस्पर्धा गराउँदै आएको थियो । जसअनुसार यसपटक यस क्षेत्रका १० देशसँगै पाहुना टोलीका रूपमा कतार र अस्ट्रेयालियालाई आमन्त्रण गरिएको थियो । तर नयाँ निर्णयसँगै अब पाहुना टोलीहरू यस प्रतियोगितामा सामेल हुनेछैनन् ।

आयोजकले नयाँ निर्णयसँगै अब यी दुवै पाहुना टोलीको उपस्थिति काटिने भएको छ । यसपटक कोपा अमेरिका अर्जेन्टिना र कोलम्बिया गरी दुई देशमा आयोजना गरिँदैछ । प्रतियोगिता जुन महिनामा सुरु भएर जुलाई महिनामा सकिन्छ ।

आयोजकले कोरोना भाइरस महामारीका कारण कम समयमा प्रतियोगिता पूरा गर्नुपर्ने हुँदा धेरै खेल तालिका मिलाउन कठिनाइ परेपछि यसपटक पाहुना टोलीको उपस्थिति कटौती गर्नुपरेको बताएको छ । आयोजकले अब कतार र अस्ट्रेलियाबिनाकै परिवर्चित नयाँ खेल तालिका प्रकाशित गर्नेछ । आयोजकले प्रेस नोटमा भनेको छ परम्पराअनुसार अन्य महादेशबाट दुई टिमलाई यस प्रतियोगितामा आमन्त्रण गरिँदै आएको थियो । तर, यसपटक कोरोना भाइरसको महामारी र त्यसको असरले खेल तालिका मिलाउन कठिनाइ परेकाले आमन्त्रित पाहुना देश कतार र अस्ट्रेलियाको उपस्थिति कटौती गर्ने निर्णय भएको छ ।

कोपा अमेरिकाको १०५ वर्षे लामो इतिहासमा यसपालि पहिलोपटक दुई देशमा प्रतियोगिता आयोजना गरिँदैछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा