नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले ओलीले पक्षले २८ गते गरेको निर्णय रद्द गरेपछि आफ्ना गतिविधिहरू पनि रोक्ने बताउनुभएको छ ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै नेपालपक्षीय नेता रावलले २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय फिर्ता हुनुपर्ने बताउनुभयो ।
पार्टीको विधानविपरित, आफूहरूलाई नबोलाइ छलकपटपूर्ण तरिकाले गरिएका बैठकका निर्णय मान्य नहुने रावलले बताउनुभयो । उहाँले अदालतको निर्णयअनुसार पनि २८ गतेको निर्णय खारेज हुनुपर्ने बताउँदै भएका निर्णयहरू खारेज हुनुपर्ने माग राखेको छ ।
रावलले प्रधानमन्त्रीबाट निर्णय उल्टिने वा आफ्ना मागहरू सम्बोधन हुनेबारेमा अध्यक्ष ओलीले केही पनि नबोलेको बताउनुभयो । नेपाल पक्षले मुख्यतः फागुन २८ गतेको निर्णयलाई बटम लाइन बनाउँदा ओली पक्षले भने माफी माग्दै आत्मालोचनालाई प्राथमिकतामा राखेको छ ।
यद्यपि दुवै पक्ष पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने कुरामा भने सहमत भएको छ । रावलले पहिलो छफफलमै कुराहरू सबै नटुङ्गिने बताउँदै त्यसका लागि अन्य चरणका संवाद र छलफलको आवश्यकता रहेको बताउनुभयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।