बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

ओलीसँगको बैठकमा नेपाल पक्षले भन्यो- २८ गतेको निर्णय मान्दैनौं


  • सोमबार, चैत्र २ २०७७
7.6K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा र माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालयमा आज बसेको बैठक सकिएको छ।

बैठकबाट बाहिरिएका नेपाल पक्षका नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको बताए।

उनले गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने जानकारी बैठकमा गराइएको बताए।

वार्ता सौहार्यदपूर्ण भयो। सकरात्मक भयो। एकअर्काका कुरा सुन्ने, बुझ्ने काम भयो,’ पत्रकारहरूसँग उनले भने, ‘हामीले आफ्ना अडान राख्यौं।’

अध्यक्ष ओलीले सकारात्मक रूपमा वार्ता अगाडि बढाउने आफूहरूको अपेक्षा रहेको पनि पन्तले जानकारी दिए।

गत फागुन २८ मा ओलीले आफूपक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा