नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् ।
गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् । ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको हो’, गौतम निकट नेता बाबुराम थापाले बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले शुरु गरेको राष्ट्रिय एकता अभियानका थापा सचिव हुन् । विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।