नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको प्रतिगामी सरकारको विस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको छ । आइतबार बसेको नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले अहिले पहिलो र तात्कालिक कार्यभार नै ओली नेतृत्वको सरकार विस्थापन गर्दै नयाँ संयुक्त सरकार गठन गर्नु रहेको बताएका हुन् ।
पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन र सांगठनिक प्रक्रियाबारे छलफल गर्न बसेको माओवादी केन्द्रको बैठकमा शीर्ष नेताहरुले एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टी नेकपामाथि स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले हमला गरेकाले पार्टी एकताले पूर्णता पाउन नसकेको निष्कर्ष सुनाएका हुन् । माओवादी केन्द्रका नेताहरुले संविधान निर्माण भएदेखि नै नेपालको संविधान, गणतन्त्र, समावेशी समानुपातिक, धर्मनिरपेक्षता लगायतप्रति असन्तुष्ट विदेशी पक्षले खेलेका कारण नेकपा एकताले पूर्णता नपाउँदै विभाजन हुन पुगेको पनि बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।