बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

माओवादी केन्द्रको बैठकमा बादल लगायतलाई कारवाही र पार्टीको नाम फेर्ने प्रस्ताव


  • आइतबार, चैत्र १ २०७७
12.3K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीलाई सघाउन पुगेका रामबहादुर थापासहितका नेतालाई कारबाही गर्ने प्रस्ताव लगिएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव पनि पेश गरिएको छ ।

अदालतले माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासनको कार्बाहीबारेको प्रस्ताव राखिएको हो ।

शनिबार बसेको स्थायी कमिटी बैठकले ओलीतिर लाग्ने गृहमन्त्री थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टीकरण सोध्दै मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको थियो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखे पनि अर्कै पार्टीको नाम राखेको भन्दै सर्वोच्च अदालतले करिब तीन वर्षपछि उक्त नाम ओली–दाहाल अध्यक्ष रहेको दललाई दिन नमिल्ने भनि एमाले र माओवादी केन्द्रको एकतालाई नै शून्यमा पु¥याइदिएको थियो ।

आजको बैठकमा पार्टीको नाम फर्नेदेखि पार्टी एकतासम्मका विषयमा छलफल हुने बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा