बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

बैतडी जिल्ला स्थित, सिगास गाउँ पालिका बिकासका पुर्वाधारले बिस्तारै सिँगारीदै


  • आइतबार, चैत्र १ २०७७
20.8K
SHARES

फाईल तस्बिर

सिगास गाउँ पालिका बैतडी जिल्लाकै निकै दुर्गम अनि बिकट गाउ पालिकाको रुपमा चिनिन्छ ।

जहाँ बिकासका पुर्वाधार जोड्न निकै अप्ठ्यारो छ तर गा पा का अध्यक्ष हरि सिंह धामी ले बिबिध कठिनाइका बाबजुत पनि सिगास गा पा को बिकासका लागि आफु अहोरात्र खट्ने बताएका छन  ।

आफ्नो कार्यकालमा बिकास निर्माणमा  सिगास गाउपालीकाले ऐतिहासिक फट्को मार्न सफल भएको उनको जिकिर छ ।

ढुङ्गाड गर्जे सडक खण्ड गा पा को केन्द्र बाट झण्डै १ कि मि मात्रै टाढा निर्माण कार्य जारी रहेको बताउदै अध्यक्षले, भौतिक संरचनाको कार्य करिब करिब सम्पन्न उन्मुख रहेको, केही बनिसकेका र केही निर्माणाधीन चरणमा रहेको  अध्यक्षको भनाई छ ।

तिन तले प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गरेको बताउदै प्रहरी चौकी को भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन । सबै वडामा बिद्दुतिकरण बिद्दुत लाइन विस्तार पावरहाउस निर्माण कार्य सम्पन्न र एक नम्बर वडामा बिद्दुत सञ्चालनमा आएको बताएका छन ।

वडा नँ ७ बाहेक सबै वडामा सडक सञ्जाल बिस्तार गरेको बताउदै माध्यामि तथा आधारभुत तहका बिद्यालय हरुमा अनुदानमा सौर्य उर्जा बितरण गरेको गापा अध्यक्षको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा