भगवतगीता अनुमानत आज भन्दा लगभग ५००० हजार वर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुन लाई दिएका थिए । यो सञ्जय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ यसमा १८ अध्याय छन् भने ७०० सौ पद्यात्मक संस्कृतश्लोक छन् ।
महाभारतको १८ पर्वमध्ये एक भीष्मपर्वको हिस्सा हो गीता । गीतामा पनि जम्मा १८ अध्याय नै छ । श्रीकृष्णले वेद तथा वेदान्तको ज्ञानलाई नयाँ तरिकाले व्यवस्थित गरेका छन् जुन गीता हो । यसकारण वेदको सर्वमान्य अर्थात् सार संस्करण हो गीता । जोसँग वेद तथा उपनिषद्को अध्ययन गर्ने समय छैन उनीहरू गीता पढेर मात्रै पनि हिन्दू धर्मको मूल मर्म बुभ्न सक्छन् । गीतालाई बारम्बार मनोयोगपूर्वक अध्ययन गर्नाले त्यसको वास्तविक ज्ञान खुल्न थाल्दछ ।
गीतामा भक्ति, ज्ञान तथा कर्म मार्गको चर्चा गरिएको छ । यसमा यम, नियम एवं धर्मकर्मका विषयमा पनि बताइएको छ । गीताले भन्दछ( ब्रह्म (ईश्वर एउटै मात्र छ । गीता त्यस्तो ग्रन्थ हो जसको प्रत्येक शब्दमाथि फरक फरक ग्रन्थ लेख्न सकिन्छ ।
गीतामा प्रकृति, सृष्टि, जीव विकास क्रम, हिन्दू सन्देशवाहक क्रम, मानव उत्पत्ति, योग, धर्म, कर्म, ईश्वर, भगवान्, देवी(देवता, उपासना, प्रार्थना, यम, नियम, राजनीति, युद्ध, मोक्ष, अन्तरिक्ष, आकाश, धर्ती, संस्कार, वंश, कुल, नीति, अर्थ, पूर्वजन्म, जीवन व्यवस्थापन, राष्ट्र निर्माण, आत्मा, कर्मसिद्धान्त, त्रिगुणको कल्पना, सम्पूर्ण प्राणीप्रति मैत्रीभाव आदि कुराको जानकारी पाइन्छ ।
गीता श्रीकृष्णको वाणी हो । यसको प्रत्येक श्लोकमा ज्ञानरूपी प्रकाश छ, जुन प्रस्फुटित भएसँगै अज्ञानरूपी अन्धकार नष्ट हुन्छ । गीताले निर्दिष्ट गरेको मार्ग अनुसरण गर्ने व्यक्ति निश्चय पनि परमपदको अधिकारी हुन्छ । त्यसकारण गीता एकपटक जिवनमा पड्नै पर्ने ग्रन्थ हो ।