बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

आफ्नो स्वार्थमा हिरिक्क हुने हरुले रोक्न खोज्दा पनि सरकारले विकास निर्माणमा छलाङ : प्रधानमन्त्री


  • आइतबार, चैत्र १ २०७७
9.2K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताभन्दा आफ्नो स्वार्थमा हिरिक्क हुने प्रवृत्ति बढ्दै गर्दा पनि सरकारले विकास निर्माणमा छलाङ मारेको दाबी गरेका छन्।

प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्रीले भने, ‘हाम्रो देश विकासित नहुने देश होइन, ५ वर्षभित्र हामीले लगभग दिगो विकासका लक्ष्य पूरा गर्न सक्छौँ।’

दिगो विकासको मापदण्ड २०३० भन्दा अगाडि नै पूरा हुने उनले बताए। ‘हामीसँग धेरै सम्भावना छ, देशलाई सामाजिक र भौतिक विकासको उचाइलाई माथि उठाएका छौँ, चेतनाको विकास गरेपछि मात्रै चौतर्फी विकास गर्न सकिन्छ,’ उनले भने।

विरोधका लागि विरोध गर्नेहरूले विकास निर्माणका काम रोकेको उनले आरोप लगाए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा