तपाई हामी सबैको भान्सामा सर्बसुलभ पाईले लसुन र सबैको घरमा जोहो गरेर रखिने मह को फाईदा के हुन्छ भन्ने कुरो धेरैलाई जानकारि नहुन सक्छ । आज हमी लसुन र महको चर्चा गर्दै छौ ।
हरेक दिन हाम्रो भान्सामा लसुन मसलाका रूपमा प्रयोग हुन्छ । लसुन मसलामात्रै नभएर यो भान्साको औषधि पनि हो । यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ । लसुनले मानिसको पाचनक्रियालाई समेत फाइदा पुर्याइरहेको हुन्छ ।
बनाउने तरिका
दुई, तीनवटा लसुनको पोटी पिसेर पेस्ट बनाउने । त्यसमा ताजा (काँचो) मह मिसाउने । मि श्रणलाई केही बेर राख्ने, यसो गर्दा लसुनमा मह राम्ररी मिसिन्छ । यसरी बनाइएको पेस्ट बिहान खाली पेटमा ७ दिनसम्म सेवन गर्ने ।
लसुन र महको फाईदा के ?
रुघाखोकीमा फाइदा, लसुन र महको मि श्रण सेवन गर्दा शरीरमा गर्मी बढाउँछ । यसले तपाईंलाई रुघाखोकीबाट जोगाउँछ ।
मुटुका लागि फाइदा
लसुन र महको पेस्ट सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्दत पुग्छ । यसले मुटुमा जमेर बसेको विकारलाई बाहिर निकाल्छ । यसले मुटुका धमनी सफा गर्ने हुँदा रक्तसञ्चार राम्रोसँग हुन पाउँछ ।
पाचनक्रियामा लाभ
-यसको सेवनले पाचनक्रियालाई बलियो बनाउँछ । मानिसको पाचनप्रणाली सबल भयो भने पेटका कारण सुरु हुने अन्य बिरामी लाग्नबाट जोगाउँछ ।
– लसुन र महको पेस्टले शरीरमा जम्मा भएको फोहोर र विकार बाहिर निकाल्न ‘क्लिनर’को काम गर्छ । शरीरको विकार बाहिर निस्किएपछि मानिसलाई स्वस्थ जीवन बिताउन यो लाभकारी मानिएको छ ।
घाँटीको इन्फेक्सनमा फाइदा, लसुन र महको पेस्ट घाँटीको इन्फेक्सनमा पनि त्यत्तिकै लाभकारी मानिएको छ । यसको मि श्रणमा एन्टी-इन्फ्लेमेटरी गुण पाइन्छ, जसले घाँटीको खसखस र सुन्निएको अवस्थाबाट आराम दिलाउँछ ।
-एजेन्सीको सहयोगमा