धार्मिक मान्यता अनुसार कालिञ्चोक भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ ।
कालिञ्चोक भगवती मन्दिर धार्मिक रुपले पनि प्रसिद्ध मानिन्छ । मनोरम दृश्य समेत अवलोकन गर्न पाइने यो मन्दिर परिसरबाट गौरीशंकर हिमाल आँखै अगाडि देखिन्छ । साथै लाङटाङ हिमश्रृंखलाको काखैमा उभिएको महसुस गर्न सकिन्छ यहाँबाट ।
काठमाडौंबाट दोलखाको चरिकोटसम्म पक्की सडक भए पनि कालिञ्चोक भगवती मन्दिर पुग्न केही समय कच्ची बाटोमा हिँड्नुपर्छ ।
कालिन्चोक मन्दिरमा दशैं, जनैपूणिर्मा, नववर्ष र चैतेदशैंमा खुट्टा टेक्ने ठाउँ समेत हुंदैन ।
भगवतिको मन्दिरमा भक्तिभावले पुजा अर्चना गरे मनको सबै महत्वकांक्षा पुरा हुने बिस्वासको साथ दर्शनर्थिहरु मन्दिरमा जाने गर्दछन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।